२०८३ साल जेठ २ गते शनिवार

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता भ्रष्टाचारी ठहर

राजबिराज, १२ असाेज । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दाेषी ठहर भएका छन् ।

विशेष अदालतकाे शुक्रबारकाे इजलासले उनीसहित दुई जनालाई भ्रष्टाचारी ठहर गरेको हाे ।

घूससहित शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साह अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे फन्दामा परेका थिए । इन्जिनियर साहकाे बयान र मेयर गुप्ताकाे घूस माग गरेको अडियो फेला परेपछि गुप्ता पनि पक्राउ परेका थिए ।

अख्तियारले मेयर गुप्ता र इन्जिनियर साहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा  दायर गरेका थिए ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको सन्युक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

दोषी ठहर गर्दै दुबैलाई ६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रबक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयाे । यस अघि राजबिराजका मेयर भिमराज यादव पनि दाेषी ठहर भईसकेका छन ।

प्रतिक्रिया