२०८३ साल ब‌ैशाख १६ गते बुधबार

छिन्नमस्तामा कमिसनकाे रकम स्विकार नगर्दा याेजना अर्काकाे जिम्मा

राजबिराज, १८ चैत । संघीय सरकारले विनियोजन गरेको बजेटमा छिन्नमस्ता गाउँपालिकाले मागेजतिकाे कमिसन स्विकार नगर्दा याेजना नै अन्योल अवस्था राखेको रामजानकी मन्दिरका महन्थ बुद्धिलाल दास बैरागीले आरोप लगाएका छन् ।  

आइतबार छिन्नमस्ता गाउँपालिका स्थित सखडामा आयोजित पत्रकार सम्मेलन बोल्दै  महन्थले यस्तो आराेप लगाएका हुन ।

रामजानकी मन्दिर निर्माणका लागि आफ्नो पहल तथा माननीय रंजु ठाकुरको मद्दतले संघीय सरकार बाट सशर्त अनुदान मार्फत उपलब्ध ६३ लाख बराबरकाे याेजनाकाे उपभोक्ता समिति तथा सम्झौता गराई दिन अनुरोध गर्दा ९ लाख रूपैयाँ घुस गापा अध्यक्ष विद्यान्नद चाैधरी, उपाध्यक्ष राजुदेवी यादव, प्रमुख प्रशासकीय अधिकृत केशब कुमार झा र याेजना शाखा प्रमुख जितेन्द्र झाले मागेको आरोप लगाएका छन ।

पत्रकार सम्मेलनमा बोल्दै महन्थ दासले यहि फागुन ७ गते आफू एक्लैलाई वडा नम्बर ४ का सदस्य रामसागर यादवले गाउँपालिकामा तपाईंलाई बाेलाएकाे छ भनेर जानकारी दिए । 

त्यस पश्चात् गाउँपालिका पुग्दा गापा अध्यक्ष विद्यानन्द चौधरीले उपाध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत  झा, याेजना शाखा प्रमुखसहितका ५ जना एकै ठाउँमा थिए ।  उनीहरूले मन्दिर निर्माणको बजेट लिनेभए ९ लाख जम्मा गर्न भन्यो, पैसा दिन नसक्ने भनेपछि  बजेट बारे आफुलाई अन्योल राखेको बताए ।


पटकपटक एक्लै जाँदा सुनुवाइ नभएपछि स्थानीय अगुवा तथा राजनीतिक कर्मी संगै चैत १० गते लिएर जाँदा उपभोक्ता समिति बनाइसक्यो भने तर पनि अहिलेसम्म काम सुरु नभएको जानकारी दिए । गाउँपालिका अध्यक्षका प्रत्यसी समेत रहेका कुलानन्द यादवले उपभोक्ता समिति र बजेटको कागजपत्र दिन भनी पटकपटक गाउँपालिका धाउँदा पनिउपलब्ध नगराएको गुनासो गरे । 

त्यस्तै स्थानीय प्रमोद कुमार यादवले गाउँपालिकामा कुनै पनि काम पारदर्शी नभएको, चारैतिर लुट मचाएकाे बताउँदै पत्रकारहरुलाई यस बेथिति बारे उजागर गरिदिन आग्रह गरे । 


योजनामा सियाराम मण्डलको अध्यक्षतामा रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समिति  छिन्नमस्ता गाउँपालिका गठन गरिएको पाइएको छ । भने स्थान भने राम लक्ष्मन जानकीलाई ताेकेकाे छ ।


प्रमुख प्रशासकीय अधिकृत झाले उक्त बजेट कार्यान्वयनका लागि उपभोक्ता समितिलाई कार्यादेश दिएपनि काम भने सुचारु भएको छैन । गाउँपालिकाले ८०८१ फागुन ४ गतेदेखि २०८२ असार १० गतेसम्म काम सम्पन्न गर्न उपभोक्ता समितिलाई कार्यादेश दिएको पाइएको छ । 


छिन्नमस्ता गाउँपालिका ४ का  वडा अध्यक्ष सुर्य नारायण यादवले ६३ लाख बजेट काम संचालन रहेको बताए । उनले महन्थ दास रहेको रामजानकी मन्दिरमा बाहेक अर्कै मन्दिरमा काम भइरहेको जानकारी दिए । 


९ लाखकाे कमिसन बारे गाउँपालिका अध्यक्ष विद्यान्नद चाैधरीलाई साेधदाँ आफुले त्यस्तो कहिले नभनेको बताए । वास्तवमा महन्थकाे पहलले ने उक्त याेजना आउन सकेको अनुमान गर्दै भने बरु उक्त याेजना सम्झौता भइसकेकाले बरु मिनि परिषदमन पालिकाकाे बजेट बाटै मिलाइदिने भनेकाे चाैधरीले जानकारी दिए ।

त्यस्तै उपाध्यक्ष राजुदेवी यादवले पनि आफुले यस्तो नभएको जानकारी दिए । प्रशासकीय अधिकृत केशब कुमार झालाई पटकपटक फाेन सम्पर्क गर्दा फाेन उठाएन्न । 



प्रतिक्रिया