२०८३ साल ब‌ैशाख ५ गते शनिवार

मविब. क्याम्पस राजबिराजका स्ववियु सभापतिमाथि कुर्सी प्रहार, संगठन आन्दोलित

राजबिराज, २३ असाेज । स्वतन्त्र विद्यार्थी युनियन म.वि.ब. क्याम्पसका राजबिराजका संगठन आन्दोलित भएका छन् ।

स्ववियु सभापति रंजित यादव माथि ज्यालादारीमा काम गर्ने क्याम्पकै एक जना कार्यालय सहयोगी अरबिन्द यादवले कुर्सी प्रहार गरेपछि उक्त संगठन लगायत विद्यार्थीहरु आन्दोलित भएको हाे ।

स्ववियु सदस्य प्रतिक्षा यादवलाई कार्यालय सहयोगी अरबिन्दले दुर्ववहार गरेकाे गुनासो गर्ने निमित्त क्याम्पस प्रमुख रामशिस यादवलाई सुनाइरहेकाे अवस्थामा नै आफुमाथी कुर्सी प्रहार गरेको सभापति यादवले आराेप लगाएका छन् ।

कुर्सी प्रहार पछि स्ववियु संगठनका विद्यार्थीले उक्त कार्यालय सहयोगीलाई अविलम्ब ज्यालादारीबाट हटाउ र कानुन बमोजिम कार्वाही गर्न माँग गर्दै क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी गरेका छन् ।

त्यसैगरी यस विषयमा क्याम्पसका निमित्त प्रमुख रामशिस यादवलाई साेध्दा कुरै नबुझी कुरै कुरामा भनाभन भएको स्वीकारेका छन् । आज अबेर साझ स्ववियु संगठन संग एक चरणको वार्ता भएको र भाेली सम्मा याे विवाद मिल्ने निमित्त प्रमुख यादवले जानकारी दिनु भयाे ।


प्रतिक्रिया