राजबिराज, २२ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहेको छ। छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिँदै गर्दा प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले बलियो अग्रता लिएको छ।
हालसम्म ३,९१९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले १,६९८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
त्यसैगरी जनमत पार्टी (होरण) ले ८२२ मत ल्याएर दोस्रो स्थानमा रहेको छ भने जसपा नेपाल (छाता) ले ७७४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।
यस्तै नेपाली कांग्रेस ले ८० मत प्राप्त गरेको छ भने बाली बोकेकी महिला किसान छाप चिन्ह ले ७८ मत ल्याएको छ। अन्य दलहरूले भने थोरै मत प्राप्त गरेका छन्।
यसैबीच बदर मत ३२४ को हाराहारीमा रहेको बताइएको छ।
मतगणना अझै जारी रहेको र आगामी वडाहरूको परिणाम आउँदै जाँदा मतान्तरमा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।