२०८३ साल असार १६ गते मङ्गलबार

रास्वपा सरकार गठन ढिलो, बालेन्द्र शाहको सपथ अझै पर्खाइमा

काठमाडौं, ४ चैत। निर्वाचन नतिजा आइसके पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ सरकार गठन प्रक्रिया अझै पूरा भएको छैन।

प्रधानमन्त्री बन्न लागेका बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछाने का अभिव्यक्तिले सरकार गठनमा केही समय लाग्ने संकेत दिएका छन्।

भिक्टर पौडेलले सामाजिक सञ्जालमा लेखे अनुसार, नयाँ सरकार सम्भवत: एक हप्ता वा १० दिनभित्र बन्ने सम्भावना छ। तर, बालेन्द्र शाहले टिप्पणी गर्दै भने – “हो र? मलाई पनि भन न यार।” रवि लामिछानेले पनि सांसद प्रशिक्षणमा भने – “पार्टीले सांसदहरूलाई क्याबिनेटमा पठाउने समय निर्णय गरेको छैन।”

संसद सचिवालयले चैत १२ गते सांसदहरूलाई सपथ गराउने तयारी अघि बढाएको छ। सपथपछि सरकार गठनसँगै सभामुख चयन प्रक्रिया पनि अघि बढ्नेछ।

रास्वपालाई स्पष्ट बहुमत भएकाले अन्य दलसँग मोलमोलाईको आवश्यकता छैन। संविधानको धारा ७६ (१) अनुसार, निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्ति प्रक्रिया सम्पन्न गर्नुपर्ने छ। तर, आयोगले अहिलेसम्म राष्ट्रपति समक्ष प्रतिवेदन बुझाएको छैन।

यस अर्थमा, नयाँ सरकार गठन अझै केही दिन पर्खिनुपर्नेछ, र आमनागरिक र मतदाताले अधैर्यपूर्वक प्रतिक्षा गरिरहेका छन्।

प्रतिक्रिया