२०८३ साल ब‌ैशाख ८ गते मङ्गलबार

स्ववियु सभापतिविरुद्ध तालाबन्दी, आर्थिक अपारदर्शिताको आरोप

राजविराज, १ वैशाख । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस (म. बि. व. क्याम्पस) राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सभापतिविरुद्ध तालाबन्दी गरिएको छ।

स्ववियु सचिव मुकेश कुमार साहका अनुसार करिब तीन महिनाअघि सम्पन्न “सरस्वती पूजा” कार्यक्रमको आय–व्यय विवरण पटक–पटक माग गर्दा पनि सभापति रंजित कुमार यादवले सार्वजनिक नगरेपछि सोमबारदेखि सभापतिको कार्यकक्षमा तालाबन्दी गरिएको हो।

सचिव साहका अनुसार हिसाब–किताब माग्दा सभापतिले उल्टै धम्कीपूर्ण तथा अभद्र व्यवहार प्रदर्शन गरेका थिए। साथै विद्यार्थीबाट उठाइएको शुल्क र क्याम्पसको बजेटलाई व्यक्तिगत सम्पत्तिजस्तै दुरुपयोग गरिएको आरोप समेत लगाइएको छ।

“पारदर्शिता र जवाफदेहिताको माग गर्दै चैत ३० गतेदेखि कार्यकक्षमा तालाबन्दी गरिएको हो,” सचिव साहले बताए।



यस घटनापछि क्याम्पसमा तनावपूर्ण अवस्था सिर्जना भएको छ भने विद्यार्थीहरूबीच असन्तुष्टि बढ्दै गएको देखिएको छ।

उता, वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने विषयमा बहस चलिरहेका बेला म. बि. व. क्याम्पसमा देखिएको यो गतिविधिले थप चर्चा पाएको छ।

प्रतिक्रिया