राजबिराज, ३ कार्तिक । सप्तरी सदरमुकाम राजविराजमा सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव अर्थात रमाइलो मेला आयोजना हुने भएको छ ।
राजबिराज स्थित रहेको राज रंगशालामा आगामी कात्तिक ११ गतेदेखि १५ दिनसम्म महोत्सवको आयोजना गरिने भएको हो ।
सप्तरी युथ नेपालले आयोजना गर्ने महोत्सवमा स्थानीय परिकार , कृषि, सांस्कृति, बाल उधान राखिने सप्तरी युथको उपाध्यक्ष मोहन यादवले बताए ।
१५ दिन लाग्ने उक्त मेलाको लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले शुक्रबार राजविराजमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
महोत्सवमा प्रत्येक दिन कलाकारहरुको प्रस्तुति समेत रहने मेला समितिका संयाेजक सचेन्द्र यादवले बताए ।
बिगतमा केही वर्ष आयोजना हुने मेला पुनः यसवर्ष लाग्दैछ ।