२०८३ साल ब‌ैशाख १८ गते शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, आज रातिदेखि नयाँ दर लागू

काठमाडौं, १७ वैशाख । नेपालमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ। नेपाल आयल निगमले नयाँ मूल्यसूची सार्वजनिक गर्दै आज राति १२ बजेदेखि लागू हुने जनाएको हो।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ। यससँगै काठमाडौंमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर २१७ रुपैयाँ कायम भएको छ।

यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि प्रतिलिटर १२ रुपैयाँले घटाइएको निगमले जनाएको छ। नयाँ मूल्य शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेछ।

निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य समायोजनका आधारमा स्वदेशमा मूल्य घटाइएको जनाएको छ।

प्रतिक्रिया