राजबिराज , २४ फाल्गुन । राजविराज नगरपालिका ९ मलेठ स्थित एक गाेदाम घरबाट लागूऔषध गाँजा करिब ९२ लाख बराबरको सामान सहित एक जनालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा छिमेकी देश भारत बिहार मधुवनी जिल्ला ग्राम पंचायत कुकुरदाैरा वडा नम्बर १० छातापुर बस्ने वर्ष ६६ काे रामनारायण यादव रहेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा नेपाल तथा सशस्त्र प्रहरीले छापामारी गर्दै ती सामान बरामद गरिएको सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
उक्त गाेदाम घरबाट ८० बाेरा गाँजाकाे ताेल करिब २ हजार ४ सय ५१ किलो रहेको साथै स्याउ, चिनी, कपडा, सुर्ती लगायत ३ वटा गाडी समेत बरामद भएको जसको बजार मुल्य करिब ९२ लाख बराबर हुने अनुमान गरिएको एसपी खतिवडाले जानकारी गराउनु भयाे ।