२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

दुई मन्त्री थपिँदा श्रममा रामजी, उद्योगमा गौरी नियुक्त

काठमाडौं, २७ चैत । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद विस्तार गरेका छन्। शुक्रबार गरिएको विस्तारसँगै मन्त्रिपरिषदमा दुई जना नयाँ मन्त्री थपिएका छन्।

प्रधानमन्त्री शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका हुन्। यससँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषदको सदस्य संख्या १६ पुगेको छ।

नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

सरकार विस्तारसँगै मन्त्रालयहरूको जिम्मेवारी थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया