काठमाडौं, १ चैत । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन्। पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी नेपाल आएको जानकारी नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले दिएका हुन्।
भुटान हुँदै ड्रुक एयरको उडानमार्फत काठमाडौँ आइपुगेका जनरल भोवेल तीन दिन नेपालमा रहनेछन्। यस अवधिमा उनले नेपाली सेनाका प्रधानसेनापतिसहित उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण पनि गर्ने कार्यक्रम रहेको प्रवक्ता बस्नेतले जानकारी दिएका छन्।