राजविराज, ११ फागुन । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालय सप्तरी को आयोजनामा जिल्ला प्रशासन कार्यालय सप्तरी राजविराजको सभाहलमा सोमबार कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा कार्यालय प्रमुख रमेश जोशी ले प्रस्तुत गरेको विवरण अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमा ५६२ मतदान केन्द्र र २९६ मतदान स्थल निर्धारण गरिएको छ। सप्तरीमा ४ लाख ४६ हजार ४०२ मतदाता रहेका छन् भने प्रतिनिधिसभा सदस्य पदका लागि १०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
सबै वर्गको सहभागिता सुनिश्चित गर्न दुई अस्थायी मतदान केन्द्र राजविराजस्थित जिल्ला कारागार र जिल्ला समन्वय समितिमा स्थापना गरिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल ले सत्यतथ्य र निष्पक्ष सूचना प्रवाहमार्फत स्वच्छ निर्वाचन सम्पन्न गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताए। उनले मतदाता शिक्षा सुदृढ गरी मत बदर दर घटाउन पनि जोड दिए।
अन्तरक्रियामा जिल्लाका अन्तरक्रियामा जिल्लाका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो भने निर्वाचन प्रक्रिया, आचारसंहिता, मतदाता शिक्षा र सञ्चारमाध्यमको भूमिकाबारे छलफल गरिएको थियो।
उल्लेख्य सहभागिता रहेको थियो भने निर्वाचन प्रक्रिया, आचारसंहिता, मतदाता शिक्षा र सञ्चारमाध्यमको भूमिकाबारे छलफल गरिएको थियो।