२०८३ साल ब‌ैशाख ९ गते बुधबार

प्रेस चौतारी नेपालका सचिव कृष्ण मण्डलले दिए साधारण सदस्यबाट समेत राजीनामा

राजविराज, ८ वैशाख । प्रेस चौतारी नेपाल सप्तरीका सचिव कृष्ण मण्डलले आजबाट लागू हुनेगरी आफ्नो पदसहित साधारण सदस्यबाट समेत राजीनामा दिएका छन्।

संगठनभित्र सत्यको पक्षमा उभिने वातावरण नभएको भन्दै आफूले यस्तो निर्णय लिनुपरेको मण्डलले बताएका छन्। उनले वर्तमान नेतृत्व सुधारतर्फ उन्मुख नभएको आरोपसमेत लगाएका छन्।

मण्डलको यो कदमलाई सांगठनिक संस्कार, इमान्दारिता र कर्तव्यनिष्ठाको पक्षमा उठाइएको रूपमा विभिन्न तहबाट प्रतिक्रिया आइरहेका छन्।

हाल मण्डल नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सहसचिवका रूपमा कार्यरत छन्। उनले पत्रकार र पत्रकारिताको हितमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

उनको राजीनामालाई लिएर सप्तरीको पत्रकारिता क्षेत्रमा देखिँदै आएको गुटबन्दी तथा दलीय प्रभावबारे पुनः बहस सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया