२०८३ साल ब‌ैशाख १६ गते बुधबार

बालेनलाई प्रधानमन्त्री बन्न सङ्घीय लोकतान्त्रिक मोर्चाको अग्रिम बधाई

राजविराज, २९ फाल्गुन । सङ्घीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा प्राप्त जनसमर्थनका आधारमा बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री बन्न अग्रिम बधाई तथा शुभकामना दिएको छ।
जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चाको केन्द्रीय मूल समितिको बैठकले उक्त निर्णय गरेको हो। बैठकले मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको लामो संघर्ष र बलिदानको परिणामस्वरूप शाहको नेतृत्वलाई आम जनताले व्यापक समर्थन दिएको उल्लेख गरेको छ।

मोर्चाले नेपाली जनताको लामो संघर्षबाट स्थापित गणतन्त्र, संघीयता, लोकतन्त्र र समावेशिताका उपलब्धिहरूलाई संस्थागत गर्दै संविधान संशोधन, प्रदेश सीमाङ्कन हेरफेर, जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा संघीयतालाई अझ सुदृढ बनाउने जस्ता मुद्दाहरू सम्बोधन हुने विश्वास व्यक्त गरेको छ।

त्यस्तै, मोर्चाका अग्रज नेता महन्थ ठाकुर राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएकोमा बैठकले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया