२०८३ साल ब‌ैशाख २० गते अाईतबार

१ हजार ५ सय ९४ पदाधिकारी एकैपटक पदमुक्त

काठमाडौं, १९ बैशाख । रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्नुभएको छ।

उक्त अध्यादेश जारी भएसँगै विभिन्न ऐन तथा संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका १ हजार ५ सय ९४ जना पदाधिकारी एकैपटक पदमुक्त हुने भएका छन्।

सरकारका अनुसार रिक्त हुने पदहरूमा नयाँ नियुक्ति प्रक्रिया चाँडै अगाडि बढाइने तयारी गरिएको छ। प्रशासनिक सुदृढीकरण तथा राज्यका निकायहरूलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले यस्तो कदम चालिएको बताइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ नियुक्ति प्रक्रियालाई छिटो, पारदर्शी र प्रतिस्पर्धात्मक बनाइनेछ।

प्रतिक्रिया