काठमाडौँ, २७ चैत । नवनिर्वाचित प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुर ले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।
शीतल निवास मा आयोजित विशेष समारोहका बीच उनलाई सभामुख डोलप्रसाद अर्याल ले शपथ गराएका हुन्।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो।