२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

उपसभामुखमा रुबिकुमारी ठाकुर निर्वाचित हुने निश्चित

काठमाडौं, २६ च‌ैत । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबिकुमारी ठाकुर निर्वाचित हुने निश्चित भएको छ।

उक्त पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाको पनि उम्मेदवारी परेको भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन ठाकुरतर्फ गएपछि उनको जित सुनिश्चित भएको हो।

ठाकुरको प्रस्तावक श्रम संस्कृति पार्टीका सांसद आरेन राई रहनुभएको छ भने समर्थकमा रास्वपाका सांसद अशोककुमार चौधरी हुनुहुन्छ।

त्यसैगरी, राप्रपाकी उम्मेदवार सरस्वती लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही रहनुभएको छ भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहनुभएको छ।

यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने चर्चा भए पनि अन्तिम समयमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। उपसभामुख चयनका लागि भोलि निर्वाचन हुँदैछ।

प्रतिक्रिया