राजबिराज, ३ भदौ । सप्तरीको विष्णुपुर गाउँपालिकाले सोमबार एक दिनका लागि शोक विदा दिएको छ ।
गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष जिबछ मण्डलकाे ३५ वर्षीय कान्छाे छाेरा प्रमोद कुमार मण्डलको आकस्मिक निधन भएपछि गाउँपालिकाले आज भदौ ३ गते वडा नम्बर ५ मा मात्रै शोक विदा दिएकाे हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आन्दद्वारा जारी सूचनामा मण्डलको निधनले ठूलो क्षति पुगेको उल्लेख गरिएको छ । शोकप्रकट गर्दै मंगलबार एक दिनका लागि वडा नम्बर ५ अन्तर्गतका सम्पूर्ण संघ संस्था तथा विद्यालय बन्द रहने जनाएको छ ।
सूचनामा मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरिएको छ ।