२०८३ साल ब‌ैशाख १९ गते शनिवार

राष्ट्रपति रामचन्द्र पौडेल द्वारा तीन अध्यादेश जारी

काठमाडौँ, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल ले आज थप तीनवटा अध्यादेश जारी गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरिएको हो।

जारी गरिएका यी अध्यादेशहरू विभिन्न क्षेत्रका विद्यमान कानुनी प्रावधानहरूलाई परिमार्जन तथा अद्यावधिक गर्ने उद्देश्यले ल्याइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सरकारले आवश्यक ठानेका कानुनी सुधारलाई तत्काल कार्यान्वयनमा ल्याउन अध्यादेशमार्फत व्यवस्था गरिएको बताइएको छ।




प्रतिक्रिया