२०८३ साल असार १० गते बुधबार

सप्तरीको छिन्नमस्ता गापाको अध्यक्षमा १४ जना र उपाध्यक्षमा १२ जनाले दिए उम्मेदबारी

राजबिराज, १३ बैशाख ।

सप्तरीको छिन्नमस्ता गाँउपालिकाको अध्यक्ष पदमा १४ जना र उपाध्यक्ष पदमा १२ जनाले उम्मेदबारी दिएका छन ।

यहि बैशाख ३० गते हुन लागेको स्थानी तह निर्वाचनको लागि बिभिन्न राजनितिक दलबाट १२ र २ स्वतन्त्र गरी जम्मा १४ जनाले अध्यक्ष पदमा उम्मेदबारी दिएका छन् भने उपाध्यक्ष पदमा बिभिन्न राजनितिक दलबाट ११ र एक स्वतन्त्र गरी जम्मा १२ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत सुर्यराज धिमिरेले जानकारी दिएका हुन ।

उम्मेदबारी दर्ता गराउनेमा जनता समाजवादी पार्टी, नेपाल बाट सत्यनरायण यादव, नेपाल कम्युनिष्ट पार्टी एमाले बाट दिपेन्द्र कुमार यादव, नेपाली कांग्रेस बाट कुलान्द यादव, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाट विनोद कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल बाट विद्धानन्द चौधरी, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बाट जय प्रकाश यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट रामदेव प्रसाद यादव, जनमत पार्टी बाट भुवनेश्वर मण्डल अमात्य, जनता प्रगतिशिल पार्टी बाट प्रभाकर यादव, नेपाल लोकतान्त्रिक पार्टी बाट होमेन्द्र कुमार राय, नेपाल सद्धभवना पार्टी बाट सुर्य नरायण मण्डल अमात्य, राष्ट्रिय सद्धभावना पार्टी बाट प्रमेश कुमार यादव, स्वतन्त्र बाट संजय कुमार चौधरी र तेजनरायण मण्डल अमात्य गरी जम्मा १४ जनाले गाँउपालिकाको अध्यक्ष पदमा उम्मेदबारी दिएका छन ।

त्यसैगरी गाँउपालिकाको उपाध्यक्ष पदमा जनता समाजवादी पार्टी, नेपाल बाट अशा देवी साह, नेपाल कम्युनिष्ट पार्टी एमाले बाट ललिता देवी मेहता, नेपाली कांग्रेस बाट प्रमिला देवी साह, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाट राजु देवी यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल बाट उषा कुमारी मण्डल, नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी बाट शोभा देवी साह, राष्टि प्रजातन्त्र पार्टी बाट फुलो देवी खत्वैनी, जनमत पार्टी बाट शावित्री देवी राय , जनता प्रगतिशिल पार्टी बाट बबिता कुमारी साह, नेपाल लोकतान्त्रिक पार्टी बाट उर्मिला देवी राम, राष्ट्रिय सद्धभावना पार्टी बाट नन्दनी झा र स्वतन्त्रमा शिवनाथ राय गरी जम्मा १२ जनाले गाँउपालिकाको उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन ।

७ वटा वडा रहेका छिन्नमस्ता गाँउपालिकामा ९ हजार ५ सय ८१ जना पुरुष र ८ हजार १ सय ७६ जना महिला मतदाता गरी कुल १७ हजार ५ सय ५७ जना मतदाता रहेका छन ।

प्रतिक्रिया