राजविराज २३ फाल्गुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतगणनाअनुसार रामजी यादव (घण्टी) ले ५,४२२ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका उमेश कुमार यादव (छाता) ले २,५६० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्।
त्यस्तै जनमत पार्टीका चन्द्र कान्त राउत (लाउडस्पिकर) ले २,३०० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।
अन्य प्रमुख उम्मेदवारमध्ये नेपाली काँग्रेसका राम कुमार यादव (रुख) ले ५५४ मत तथा नेकपा एमालेका रहमान मोहम्मद जियाउल (सूर्य) ले ३१९ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म १२,०८८ सदर मत गणना भइसकेको छ भने १,१९९ बदर मत रहेका छन्। मतगणना जारी रहेको छ।