दाङ्ग, ११ चैत । दाङमा एकै परिवारका ३ जनालाई करेन्ट लागेर मृत्यु भए पछि मृतकका परिवारले आज पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
जिल्लाको राप्ती गाउँपालिका - ३ मसुरियामा शनिबार विद्युतको नाङ्गो तार चुडिएर करेन्ट लाग्दा एकै घरका ३ जनाको मृत्यु भएका थिए । मृतकका परिवारले उचित क्षतिपूर्तिको माग गर्दै आईतवार करिब १२ बजे पछि राजमार्ग अबरुद्ध गरेका छन ।
राजमार्गको लमही -भालुबाङ सडक खण्डको मसुरीयामा सडक अवरुद्ध पारेका छन् भने वार्ता भने चलिरहेको छ । तर सहमति नहुन नसक्दा बाटो बन्द कायमै गर्ने मृतकका परिवारले बताएका छन् ।