राजबिराज, ०६ चैत । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्ववियु अध्यक्षमा रंजित यादवले पुनः बाजी मारेको छ ।
समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार बनेका यादवले दाेस्राे पटक पनि ३९३ मत प्राप्त गरी विजयी भएका हुन् ।
स्वतन्त्र उम्मेदवार बिनय यादव ३३२ मत ल्याई दोस्रो भएका छन भने अनेरा स्ववियुका मनिषा कुमारी साहले ३३१ मत ल्याई तेस्रो भएकी छिन् ।
त्यसैगरी सचिव र काेषाध्यक्षमा पनि समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीका संयुक्त उम्मेदवार मुकेश कुमार साह ३९५ मत ल्याई निर्वाचित हुँदा कंचन कुमारी ठाकुर ४१० मत प्राप्त गरी निर्वाचित भएकी छिन ।
देशभरिका क्याम्पसहरुमा मङ्गलबार भएको निर्वाचनमा कुल २ हजार ७ सय ३१ मतदाता रहेको मविब क्याम्पसमा १ हजार २ सय ७२ जनाले मात्रै मतदान गरेका छन् ।