राजबिराज, ३२ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा सेवा करारमा विभिन्न पदमा कर्मचारीकाे भर्ना आवेदन आवहान गरेको छ ।
पहिलोपटक जेठ २४ गते आवेदन खुला गरिएकोले यही असार ६ गतेसम्म आवेदन दिने अन्तिम मिति र समय ताेकिएकाे छ । जुन डाक्नेशवरी नगरपालिकाकाे कार्यालयमा आवेदनमा उल्लेख भए बमोजिम रित पुर्याइ फारम बुझाउनुपर्ने हुन्छ ।
आवेदन आवहानका पदहरुमा कानुन अधिकृत, खानेपानी निरिक्षक, कानुन सहायक, सहायक कम्पयुटर अपरेटर, खेलकुद प्रशिक्षक, अमिन, सि. एम.ए. कार्यालय सहयोगी र स्वीपर लगायतका पदकाे लागि सेवा करारमा आवेदन आवहान गरेको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख कुन्दन कुमार कर्णले जानकारी दिनुभयो ।
छनाैटकाे आधार लिखित परिक्षा, माैखित परिक्षा र प्रयाेगात्मक परिक्षा तय गरिएको छ भने सेवा सुविधा प्रचलित कानुन अनुसार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।