२०८१ साल मङ्सिर २१ गते शुक्रबार

बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी सिंह पक्राउ

राजबिराज, २१ कार्तिक । बैकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सप्तरी सप्तरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ का ३६ वर्षिय चन्दन कुमार सिंह रहृेका छन । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको प्रहरी टोलीले बुधवार उनलाई गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो ।

जग्गा किन्ने नाउँमा स्थानीय भगवानलाल यादवसँग ४८ लाख ७५ हजार रुपैया सापटी लिएका सिंहले फिर्ता गर्न आलटाल गर्दै आएको र धेरै समय पछी त्यती रकम बराबर दिएको चेक पनि बाउन्स भएपछी यादव प्रहरीमा पुगेका थिए । 

प्रहरीले बैकिङ कसुरमा परेको जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अघि बढाएपछी अदालतबाट सिंह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछी सिंहलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया