२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सप्तरी–२ प्रतिनिधि सभा मतगणना जारी, रामजी यादव अग्रस्थानमा

राजविराज, २३ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यतर्फको मतगणना जारी छ। प्रारम्भिक परिणाम अनुसार, रामजी यादव (घण्टी) ६,८७५ मतका साथ अग्रस्थानमा छन्।

उमेश कुमार यादव (छाता) ३,७७१ मतसहित दोस्रो स्थानमा रहेका छन् भने चन्द्रकान्त राउत (लाउडस्पिकर) २,९३५ मतसहित तेस्रो स्थानमा छन्। सतिश कुमार सिंहले १,३०४ मत प्राप्त गरेका छन्।

हालसम्म गणना भएको मत १८,५०९ रहेको छ। यसमध्ये १६,८६७ मत सदर र १,६४२ मत बदर भएका छन्।

निर्वाचन अधिकृतका अनुसार मतगणना प्रक्रिया अझै जारी छ र बाँकी मतपेटिका खुलाइसकेपछि परिणाममा परिवर्तन आउन सक्नेछ।

प्रतिक्रिया