२०८२ साल ब‌ैशाख १७ गते बुधबार

वडा अध्यक्ष यादवलाई कारबाहीको माँग गर्दै जसपाले बुझायो ज्ञापनपत्र

राजविराज, १७ जेठ ।

सप्तरीको अग्निसाईर कृष्णासरन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तेज नारायण यादवलाई कारबाहीको माँग गर्दै जसपा अग्निसाईर कृष्णासवरन गाउँपालिकाद्वारा मंगलबार ज्ञापन –पत्र बुझाएका छन् । आफ्नो वडा सदस्य प्रमानन्द चौधरीलाई अभद्र व्यबहार गरेको आरोप लगाउँदै जसपाले गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

गाउँपालिका अध्यक्ष सत्यनारायण चौधरीको नेतृत्वमा गएको जसपा नेताकार्यकर्ताले गाउँपालिका अध्यक्ष चौधरीलाई भेटेर वडा अध्यक्ष यादवलाई कारबाही गर्न माग गरे । ज्ञापन–पत्र बुभ्mदै अध्यक्ष चौधरीले जसपाले राखेको माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 जनप्रतिनिधिले अर्का जनप्रतिनिधिलाई दुव्र्यवहार गर्नु आपत्ति जनक कार्य हो, अध्यक्ष चौधरीले भने, घटनाबारे आजै छानविन समिति गठन गर्छु र ३ दिन भित्र तपाईहरुले उठाएको माग सम्बोधन गर्न प्रतिबद्धता जनाउँछु । गाउँपालिका अध्यक्ष चौधरीले घटनाको विषयमा छानविनका लागि ३ सदस्य समिति गठन गरी प्रक्रिया अगाडि बढाउने आश्वासन समेत दिए ।

गाउँकार्यपालिका सदस्य पद निर्वाचनमा भोट नदिएको भन्दै वडा अध्यक्ष यादवले आफुमाथि अभद्र व्यबाहार गरेको वडा सदस्य चौधरीले आरोप लगाएका छन् । जेठ १५ गते सम्पन्न गाउँकार्यपालिका निर्वाचनमा मतदान सहितका चुनावी प्रक्रियामा सहभागी हुँदै निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिदै थिए, चौधरीले भने, मुलढोकामै अन्य जनप्रतिनिधिहरुसँगै बसेका वडा अध्यक्ष यादवले साले तैले भोट नदिंदा के फरक प¥यो, तेरो भोटविना पनि हाम्रो जित भयो देखिस् साले भन्दै तथानाम गाली गर्न शुरु गरे ।

चौधरीले वडा अध्यक्ष यादवले आफुलाई अभद्र ब्यबाहर गरेको कुरा तत्कालै गाउँपालिका अध्यक्ष, वडा नम्बर ३ का वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, पार्टीमा जानकारी गरेको बताए । धेरै ठूलो घटना हुन्थ्यो वडा सदस्य चौधरीले भने, वडा अध्यक्ष यादव जस्तै आक्रमक शैलीमा म पनि प्रतिवादमा गएको भए, मैले संयमित भए । जसपाले बुझाएको ज्ञापन–पत्रमा वडा अध्यक्ष यादवको व्यवहार प्रति निन्दा व्यक्त गर्दै घटनाको घोर भत्सर्ना गरेको छ ।

ज्ञापन–पत्रमा वडा अध्यक्ष यादवलाई कारबाहीको माग गर्दै पार्टीले उठाएको मागप्रति गम्भिर नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ

प्रतिक्रिया