काठमाडौं, ५चैत । प्रतिनिधि सभाको निर्वाचनमा स्पष्ट बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको तयारी तीव्र बनाएको छ।
पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तय भएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै बहुमत प्राप्त गरेको थियो। निर्वाचनअघि नै शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको थियो।
राजधानीस्थित रोयल सिंगी होटल मा बसेको पार्टी नेताहरूको बैठकले सांसदहरूको शपथपछि प्रधानमन्त्रीको शपथ गराउने निर्णय गरेको हो। रास्वपाका उपसभापति स्वर्णिम वाग्ले ले चैत १३ गते शपथ हुने पुष्टि गरेका छन्।
संघीय संसद सचिवालयले चैत १२ गते दिउँसो २ बजे सांसदहरूको शपथ कार्यक्रम राखेको छ। त्यसलगत्तै रास्वपाले सरकार गठन गर्ने तयारी गरेको छ।