२०८२ साल मङ्सिर ३ गते मङ्गलबार

विशेष कारणवश’ भन्दै लोक सेवाले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन

राजबिराज, २४ असाेज । लोक सेवा आयोगले आज (बुधवार) प्रकाशित गर्नुपर्ने विज्ञापन रोकेको छ । सरकारले गरेको माग अनुसार गोरखापत्र दैनिकमा प्रकाशित गर्नुपर्ने विज्ञापन आयोगले कारण नै नखुलाई आफ्नो वेबसाइटमा रोकेको सूचना प्रकाशन गरेको हो । 

‘आयोगको वार्षिक कार्य तालिका २०८०/०८१ अनुसार मिति २०८०/६/२४ गते प्रकाशन गर्नुपर्ने विज्ञापन विशेष कारणवश प्रकाशन नगरिएको ब्यहोरा आयोगको मिति २०८०/६/२३ को निर्णय अनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर विशेष कारण के हो त्यो भने खुलाएको छैन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मङ्गलवार नै आयोगमा पठाएको थियो ।

प्रतिक्रिया