राजबिराज , ७ माघ । मित्र राष्ट्र भारतको उत्तर प्रदेश राज्यस्थित आयोध्यामा राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सोमबार सप्तरीको राजबिराज, डाक्नेश्वरी र शम्भुनाथ नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
राजबिराज नगरपालिकाकाे कार्यवाहक मेयर इसरत प्रविनले (आज) माघ ७ गते एक सुचना जारी गर्दै भाेली सार्वजनिक बिदा दिएको छ । त्यस्तै डाकनेश्वरी नगरपालिकाका मेयर रामलअन मुखियाद्वारा माघ ४ गते जारि सूचनामा सोमबार मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएकोले सनातन हिन्दु धर्मावलम्बीहरुको लागि विशेष दिन हुने हुँदा हर्सोलासका साथ मनाउने भएकोले पालिकामा बिदा दिइएको उल्लेख छ ।
सोही सूचनामा पालिका र अन्तरगतकासम्पूर्ण वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु र स्वास्थ्य संस्थाहरुमा सार्वजनिक विदा रहने जनाइएको छ ।
यस्तै जिल्लाको शम्भुनाथ नगरपालिकाकी उपप्रमुख अनिता कुमारी चौधरीले पनि एक सूचना प्रकाशित गरि भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सोमबार सार्वजनिक बिदा दिएको जनाइएको छ ।