२०८३ साल ब‌ैशाख ५ गते शनिवार

मबिब क्याम्पस राजबिराजमा ९ सय विद्यार्थीका लागि एक उपप्राध्यापक

कृष्ण मण्डल  , राजबिराज,१७ मंसिर । सप्तरीको राजविराजमा रहेको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा  विद्यार्थी भए पनि जनशक्ति अभावले पठनपाठन नै प्रभावित भएको छ । 

२०१४ सालमा स्थापना भएको क्याम्पसमा २०३१ सालदेखि कानुन संकायको नियमित अध्ययन सुरु भएको थियो । अहिले उक्त क्याम्पसमा कानुन संकायतर्फ एलएलबी अध्ययन गर्ने ९ सय विद्यार्थीका लागि एक जना भानु निराैला मात्र उपप्राध्यापक छन् ।

तीन वर्षे एलएलबीका विद्यार्थीमध्ये कसलाई पढाउने, कसलाई नपढाउने भन्ने अवस्था भएपछि भएकै एकजना उपप्राध्यापक पनि क्याम्पस आउन छाडेका छन् ।

केही विद्यार्थीहरूलाई ह्वाट्स्एपजस्ता अनलाइन माध्यामबाट मार्गदर्शन गर्ने काम मात्र भइरहेको क्याम्पसका सहायक प्रमुख रामअशिस यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो हामीले केन्द्रलाई हरेक वर्ष जनशक्तिको मागँ गर्दछौं र उता बाट आशंवासन पनि पाउछाै तर  जनशक्ति पाउदैनाै । विद्यमान यस्तो अवस्था रहेकाे भए क्याम्पसलाई आंशिक रुपमा जनशक्ति भर्ना गर्ने अधिकार दिएको  छैन मानाै दिईयाे भने पनि एल एल एम गरेकालाई तर पारिश्रमिककाे कुरामा भने ३०६ रूपैया प्रतेक घण्टी बापत मात्रै अब यस्तो अबस्थामा कसरी जनशक्ति व्यवस्थापन गर्ने सकिन्छ यादवले गुनासो समेत गर्नु भयो ।

मबिब क्याम्पस भित्र रहेको पुस्तकालयकाे अवस्था 


प्रतिक्रिया