राजबिराज, १७ कार्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष एवं सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले समग्र विकासका लागि जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाउनु पर्नेमा जोड दिएका छ्न ।
सप्तरीको राजविराजमा बिहिवार गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसंग भेटघाटको क्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा जोड दिएका हुन । कार्यक्रममा बोल्दै अध्यक्ष यादवले रामराजा सिंह स्वास्थ्य विज्ञान
प्रतिष्ठानको कार्य अगाडिबढेसंगै सप्तरीको विकासको आधारशिला प्रारम्भ भईसकेको बताए । सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रुपमा पुर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको छ, अध्यक्ष यादवले भने, अस्पताल निर्माण कार्यले पुर्णता पाउनसाथ सप्तरीको अवस्था नै फरक देखिन्छ साथै स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने तथा हजारौंले रोजगारी पाउनेछ्न ।
अस्पताल र क्याम्पसहरुले गर्दा विराटनगर र धरानको विकासले गति लिएको चर्चा गर्दै अध्यक्ष यादवले जिल्लाको विकासका लागि रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पतालमा नर्सिङ कलेजको पुर्वधार निर्माण, ईन्जिनियरिङ क्याम्पस र कृषि विश्वविद्यालय संचालनमा आउनेसाथ जिल्लाको विकासमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे ।
उनले रामराजा सिंह स्वाथ्य विज्ञान प्रतिष्ठानलाई पुर्वी नेपालको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिको ठूलो मेडिकल हवको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । गजेन्द्रनारायण सिंह अस्पताललाई आधुनिक सेवा सम्पन्न अस्पताल निर्माणमा सबैपक्षको सहयोग आबश्यक रहेको बताउदै अध्यक्ष यादवले अस्पतालको समग्र विकासका लागि आफुले गरेको सहयोगलाई निरंतरता दिने प्रतिबद्धता व्यक्त गरे ।
गजेन्द्रनारायण सिंग अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक बस्न नसक्नु दुर्भाग्यपुर्ण भएको बताउदै अध्यक्ष यादवले चिकित्सकहरुलाई बस्ने बाताबरणको सिर्जना गर्नु जिल्लाबसिको पनि दाईत्व भएको उल्लेख गरे । सप्तरीको विकास गर्ने लक्ष्य लिएर आफ्नो जन्मथलोलाई कर्मथलो बनाएर आफुले सप्तरीलाई छानेको उल्लेख गर्दै उनले जिल्लाबासीको पुर्णसाथ सहयोग पाउने विश्वास व्यक्त गरे । गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साहले उपकरणको ब्यबस्था भएपनी प्राविधिक र आबश्यक जनशक्ति अभावले सेवा प्रभावित हुने गरेको बताए । उनले दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुदा सेवाप्रबाहामा कठिनाई हुने गरेकाले रिक्त पदपूर्तिका लागि पलह गरिदिन आग्रह गरे । उक्त अवसरमा पुर्व उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री समेत रहेको अध्यक्ष यादवले अस्पतालको निर्माणाधीन नर्सिङ कलेज तथा अस्पतालको अबस्था बारे अनुगमन गरि जानकारी समेत लिएका थिए ।