राजबिराज , २७ मंसिर । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ (बरही बिरपुर) बालविवाह मुक्त घाेषणा भएको छ ।
बुधबार छिन्नास्ता गाउँपालिका वडा नम्बर १ काे आयोजनामा बालविवाह मुक्त क्षेत्र घाेषणा पत्र गाउँपालिका अध्यक्ष विद्यान्नद चाैधरीले हस्तान्तरण गर्दै वडा क्षेत्र बालविवाह मुक्त घाेषणा गरेकाे हाे ।
पुर्व सिचाइ मन्त्री उमेश कुमार यादवले प्रमुख आतिथ्यकाे आसनबाट बाेल्दै बढढो बालविवाहले गर्दा अनेकन स्वास्थ्य समस्या संग संगै सामाजिक र मानसिक समस्या निम्ति रहेको बेला पालिकाको यो कदम सराहनीय रहेको बताउनु भयो ।
त्यस्तै पालिकाअध्यक्ष चौधरीले बढढो बालविवाह र दाइजोको कारण हाम्रो सामाज आक्रान्त भैरहेको र यस अभियान मुक्तले केही हदसम्म रोक्ने सम्भावना बढेको बताएउनु भयो ।
वडा नम्बर १ काे वडा अध्यक्ष ललन कुमार यादवको अध्यक्षतामा सम्पन्न बालविवाह मुक्त कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकार किरण थापाले समेत शुभकामना मन्तव्य दिईदै सफलताको शुभकामना दिनुभएको थियोे ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष राजुदेवी यादव, ६ वटै वडाका वडा अध्यक्ष र सराेकारबाला निकायकाे सहभागीता रहेको थियोे भने स्थानीय र बालबालिकाहरु समेत बाक्लो उपस्थिति रहेको थियोे ।