राजविराज, ४ असाेज । जनहित नागरिक समाज नेपालले आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
‘सशक्त नागरिक, सबल समाज’ भन्ने मूल नारासहित शुक्रबार सम्पन्न साधारणसभामा अध्यक्षता बुचिलाल बढईले गर्नुभयो भने प्रमुख अतिथि पूर्वमन्त्री उमेश कुमार यादवले छिन्नमस्ता मन्दिर परिसरमा वृक्षारोपण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो ।
कार्यक्रम उपाध्यक्ष सुभाष चन्द्र यादवको संयोजन र महेश शर्माको उद्घोषणामा सम्पन्न भएको हो । सभामा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, नेकपा एसका नेता तथा छिन्नमस्ता गापा अध्यक्ष प्रत्यासी जायप्रकाश यादव, जसपा नेपालका जिल्ला अध्यक्ष तथा छिन्नमस्ता गापा अध्यक्ष प्रत्यासी सत्यनारायण यादव, जनमत पार्टीका तथा छिन्नमस्ता गापा अध्यक्ष प्रत्यासी विनाेद यादव, नेकपा माओवादीका विनोद यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एवं छिन्नमस्ता गापा की पुर्व उषा कुमारी मण्डल, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, वडा अध्यक्ष अच्छेलाल यादव र ललन कुमार यादवलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
साधारणसभामा संस्थाको संगठनात्मक तथा वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनअनुसार संस्थाले हालसम्म ९८ हजार ५८५ रुपैयाँ बराबरको कारोबार गरेको र संस्थामा हाल २२ जना सदस्य आवद्ध रहेको जानकारी दिइयो ।
सन् २०८१ साल कार्तिक २१ गते स्थापना भएको जनहित नागरिक समाज नेपालले सामाजिक उद्देश्यका विभिन्न गतिविधि गर्दै आएको छ । साधारणसभाले तदर्थ समितिबाट नयाँ कार्यसमिति चयन गर्ने तयारी गरेको समेत जनाएको छ ।