२०८३ साल ब‌ैशाख १७ गते बिहिबार

राजबिराजमा राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुरु

राजबिराज, २९ बैशाख । सप्तरी सदरमुकाम राजबिराजमा पहिलो पटक राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको खेल शुरु भएको छ ।

शनिबार एक कार्यक्रम बिच राजबिराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख ईसरत प्रविणले प्रतियोगिताको उद्घाटन गरेकी छिन । 

उद्घाटन गर्दै  प्रविणले कबडी खेलको विकास, खेल र खेलाडी संरक्षणको लागी नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेकी छिन । 

साेही अवसरमा अखिल राष्ट्रिय कबडी संघका महासचिव अरबिन्द झाले राष्ट्रिय खेल कबडीलाई देशकै एक नम्बर खेल बनाउने अभियान अन्तर्गत राष्ट्रिय प्रतियोगिताको आयोजना गरिएको बताए । 

उनले भने हालै सम्पन्न १९ औ एसियन खेलमा महिला कबडीले मेडल जितेर देशको गौरव बढाएकोले आउने दिनमा साफ गेममा गोल्ड जित्ने लक्ष्य रहेको बताए । 

कबडी खेल पछाडि परेकोले देशैभरी योजना बद्ध रूपमा महिला कबडी खेललाई सक्रिय बनाउने र देशको विभिन्न ठाउमा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता संचालन गर्ने कार्यक्रम रहेको बताए । 

उक्त प्रतियोगितामा छ प्रदेश र तीन विभागीय  महिला कबड्डी खेलाडीहरूको सहभागिता रहेको छ । 

राजबिराज नगरपालिकाको सहयोग तथा  र जिल्ला कबड्डी संघको आयोजनामा स्थानीय राजबिराज २ स्थित राजदेबी बसपार्कको प्राङ्गणमा प्रतियोगिता सुरू गरिएको हो । 

जिल्ला कबडी संघका अध्यक्ष चन्द्रशेखर चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा अखिल नेपाल कबडी संघका महासचिव अरविन्द्र झा, सहप्रायोजक अग्नि साईरकृष्णा सवरण गाउपालिका वडा ४ का अध्यक्ष तेज नारायण यादबले मन्तव्य दिएका थिए। 

सो अवसरमा राजबिराज नगरपालिका वडा २ का अध्यक्ष अरूण यादब, वडा ८ का जय नारायण मण्डल, वडा ६ का अध्यक्ष शशी चौधरी, वडा १० का अध्यक्ष गंगाराम खंग, राजबिराज नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादब, योजना अधिकृत मनोज यादब, सप्तरी क्रिकेट सँघका सचिव चन्दन यादब लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन राजेश झाले गरेका थिए ।

उद्घाटन खेलमा मधेश प्रदेश बिजयी

शनिवार पहिलो दिन भएको उद्घाटन खेलमा मधेश प्रदेशले ३६ अङ्क र कोशी प्रदेशले ३२ अङ्क मात्र प्राप्त गरेपछि ४ अङ्कले मधेश प्रदेश बिजयी हो ।

सो खेलमा मधेश प्रदेशका बिद्यया साह पलेयर अफ दि म्याच घोषित भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया