२०८३ साल ब‌ैशाख १६ गते बुधबार

'गणतन्त्र नेपाल जिन्दावाद' भन्दै राजबिराजमा नेकपा एमालेकाे प्रदर्शन

राजबिराज , ११ चैत । 'गणतन्त्र नेपाल जिन्दावाद' भन्दै सप्तरी सदरमुकाम राजबिराजमा आज साेमबार सतासिन नेकपा एमालेले प्रदर्शन गरेकाे छ ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बिष्णुपुुर समितिले राजविराजमा प्रदर्शन गरेकाे हाे । 'गणतन्त्र नेपाल जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद, वीर सहिद जिन्दावाद' जस्ता नाराबाजी गर्दै एमालेका नेता-कार्यकर्ताहरु राजविराज नगरपालिकाकाे विभिन्न भागमा परिक्रमा गर्दै लाेकतन्त्रकाे पक्षमा प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनपछि स्थानीय जनआन्दोलन चाैकमा आयाेजित काेणसभामा एमालेका नेताहरुले नेपाली जनताकाे बलिदानीले आएकाे लाेकतन्त्र-संघियतालाई कुनै किसिमको अवराेध पुर्याउने काम भए कडा प्रतिकार गर्ने चेतावनी दिए ।

नेताहरुले गणतन्त्रलाई सुदृढ बनाउन र जनताकाे भावना बमाेजिम विकास र राेजगारी श्रृजनातर्फ अगाडि बढ्न सम्पूर्ण राजनीतिक दलका नेतृत्वहरुकाे ध्यानाकर्षण समेत गराउनुभयाे ।

प्रतिक्रिया