२०८१ साल चैत ९ गते अाईतबार

छिन्नमस्ता गापामा पुनः प्रमुख प्रशासकीय अधिकृत दिलिप नियमित कामकाजमा फर्किए

राजबिराज, १६ साउन । सप्तरीको छिन्नमस्ता गाँउपालिकामा पुनः प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिलिप कुमार यादव नियमित कामकाजमा फर्किएका छन् ।

दश दिनको बिदा सकेर पुनः आज (सोमबार) देखी नियमित कामकाजको रुपमा प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादव हाजिर भएको छिन्नमस्ता गाँउपालिका श्राेतले जानकारी दिएका हुन ।

अधिकृत दिलिप विदामा बसेको बेला संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गत साउन ८ गतेको निणर्ायानुसार दिलिप कुमार यादवलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गत सरुवा गरेको थियो भने छिन्नमस्ता गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा ललन कुमार यदवलाई पठाएको थियो । 

सोही निणर्ायानुसार साउन ११ गते बुधबार प्रमुख प्रशासकिय अधिकृतको रुपमा ललन कुमार यादव बिहान करिब १० बजेर १५ मिनेटमा हाजिर भएको थियो । हाजिर भएको ४ घण्टा नवितदै पुनः छिन्नमस्ता गाँउपालिकामा दिलिपलाई नै यथावत राखेको पत्र मन्त्रालायका शाखा अधिकृत विवेक विडारीले जारी गराएका थिए ।

मन्त्रालायको कमी कमजोरीका कारण नै विगतका दिनहरुमा पनि छिन्नमस्ता गाँउपालिकामा विवाद उत्पन्न भएको भनी विभिन्न सञ्चार माध्यमहरुले समाचार सम्प्रेसन गरेका थिए ।

प्रतिक्रिया