२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

सप्तरी २ मा उपेन्द्रलाई पराजित गर्दै दाेब्बर मतले सिके राउत निर्वाचित

राजबिराज, ७ मंसिर । सप्तरी निर्वाचन क्षेत्र २ प्रतिनिधि सभा तर्फ जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै दाेब्बर भन्दा बढी मतअन्तरले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) विजयी भएका छन । राउत १८ हजार ६३ मतले विजयी भएका छन ।

राउतले ३५  हजार ४२ मत ल्याएर विजयी हुँदा त्यही जनता समाजवादी पार्टीका उपेन्द्र यादबले १६ हजार ९ साय ७९ मत ल्याएर दाेस्राे स्थानमा रहे ।

त्यसैगरी सत्ता गठबन्धन लाेसपाका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

यस निर्वाचन क्षेत्रमा कुल ६४ हजार ४ साय ६० मत खसेको थियोे ।

यसअधि ने सप्तरी २ (क) र (ख) मा  जनमत पार्टीकै सतिश सिंह र महेश प्रसाद यादव विजयी भईसकेकाे छ ।

प्रतिक्रिया