२०८३ साल ब‌ैशाख ५ गते शनिवार

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठाका अध्यक्ष मिश्र द्वारा राजीनामा

राजबिराज, ७ चैत । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदबाट डा. परसुराम मिश्रले राजीनामा दिएका छन् ।

चाैतर्फी दबाबमा परेपछि मिश्रले उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई बुधबार राजिनामा बुझाएका छन् ।

माेहन बस्नेतले कर्मचारीलाई धम्की दिएर रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा उमेरहद नाघेका व्यक्तिलाई नियुक्ति गरेका थिए ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति(गठन) आदेश २०८० विपरीत प्रा. डा. परसुराम मिश्रलाई अध्यक्षमा नियुक्ति गरेको थियाे।

मन्त्रिपरिषद्को गत माघ २५ गतेको बैठकले महोत्तरीको मनरा सिसवा–१० घर भएका प्रा. डा. मिश्रलाई रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

गठन आदेशमा नेपाली नागरिक, ३५ वर्ष उमेर पुगेको,६५ वर्ष उमेर ननाघेको र उच्च नैतिक चरित्र भएको व्यक्ति पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा नियुक्त गर्ने व्यवस्था छ । तर, बस्नेतलकाे जाेडबलमा ६७ वर्ष पार गरिसकेको व्यक्ति नियुक्ति गरिएको थियाे ।

२०३३ साल असोज २७ गते नेपाली नागरिकता लिएका डा. मिश्रको जन्ममिति २०१३ साल असोज ६ गते लेखिएको छ । सो जन्ममिति अनुसार डा. मिश्रको उमेर ६७ वर्ष पार गरिसकेको छ । 

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितीको गठन आदेशमा ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया