राजबिराज, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले काठमाडौं घटनामा पक्राउ परेका आफ्ना नेता तथा कर्यकर्ताको रिहाईको माग गर्दै मसाल जुलुस निकालेका छन् ।
आइतबार साँझ राप्रपाका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र र महासचिव धमल शमशेर राना सहितका नेताहरूलाई रिहाईको माग गर्दै राजविराजमा मसाल जुलुस निकालेका हुन् ।
मसाल जुलुसकाे क्रममा हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ , राजा आउ देश बचाउ समेतको नारा लगाउदै प्रदर्शन गरेका छन् ।
स्थानीय गजेन्द्र चौकबाट निकालिएको मसाल जूलूस कंचनपुर रोडको हनुमानमन्दिरमा गएर कोनसभामा परिनत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्देश्वर प्रसाद साहले सरकारले पक्राउ गरेका हाम्रा नेतालाई रिहा नगरेसम्म आन्दोलन जारी रहने बताए छन ।