२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

मविब क्याम्पस राजबिराजमा कडा प्रतिस्पर्धा, कसले मार्लान बाजी

राजबिराज, ०४ चैत । चैत ५ अर्थात भाेली हुने स्ववियु निर्वाचनमा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा कसले बाजी मर्ने भन्ने चर्चा चुलिए संगै क्याम्पस प्रशासनले निर्वाचनको सम्पूर्ण तयारी पुरा गरेको छ ।

मविब क्याम्पस राजबिराजकाे शिक्षाको अवस्था र व्यवस्था फेर्न नयाँ जाेसिला अनुहारकाे खाेजीमा रहेको साथै कडा प्रतिस्पर्धाहुने एक सामाजिक सर्भेले आकलन गर्ने सकिन्छ । 

विभिन्न विद्यार्थी संगठनबाट ५ जना अध्यक्षकाे उम्मेदवार भएकोमा अनेरास्ववियुका मनिषा कुमारी साह, जनमत विद्यार्थी सँघका त्रिवेणी कुमार यादब, नेबि सँघका नितिश कुमार यादब, समाजवादी विद्यार्थीका रंजित यादब र स्वतन्त्र बाट बिनय कुमार यादबको प्यानल चुनावी प्रतिस्पर्धा रहेको छ ।

राेचक कुरा के छ भने ५ जना अध्यक्ष पदकाे उम्मेदवार मध्ये मविब क्याम्पस इतिहासमा पहिलोपटक एक जना महिला उम्मेदवारकाे रुपमा मनिषा कुमारी साह प्रतिस्पर्धामा छिन् ।

क्याम्पसको शैक्षिक अवस्थामा सुधार, लाइब्रेरी, नियमित कक्षा संचालन, भौतिक पूर्वाधारमा सुधार लगायत विद्यार्थीहरुकाे हकहितमा कार्यगर्ने प्रतिबद्धता सहित उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्ने आग्रह गर्दै आएका छन् ।

कुल ३ हजार १२ मतदाता रहेको यस क्याम्पसमा भाेली (मंगलबार) हुने मतदानको लागि ६ वटा बुथकाे व्यवस्था मिलाइएको छ भने मतदानको समय बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।

विद्यार्थीहरूको सक्रिय सहभागितालाई सुनिश्चित गर्न, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न, निर्वाचनलाई  स्वच्छ, निष्पक्ष बनाउन, विद्यार्थी, अभिभावक तथा राजनीतिक दलहरूलाई संयमित भई निर्वाचन प्रक्रिया सम्पन्न गर्न सबै पक्षलाई निर्वाचन अधिकृत नन्दकिशोर यादबको आग्रह गर्नु भएको छ ।

स्ववियु निर्वाचन पहिलोपटक विसं २०७३ मा मिश्रित निर्वाचन प्रणाली र २८ वर्षे उमेरकाे हदबन्दी लागु निर्वाचन सम्पन्न भए पश्चात् वर्तमानमा पनि साेही व्यवस्था लागु छन् ।

त्यसैगरी अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

प्रतिक्रिया