राजबिराज, १२ बैशाख । सप्तरीको राजगढ गाउँमा अध्यक्षकप टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
बुधबार गाउँपालिकाका अध्यक्ष ओैमप्रकाश मण्डलले राजगढ ४ स्थित बेलही चपेना खेलमैदानमा अध्यक्षकप टी २० क्रिकेट प्रतियोगिता खेलकाे रिवन काटेर उद्घाटन गर्नुभयाे ।
स्थानीय युवालाई स्वस्थ्य, स्वस्फूर्त, शिप र कलाकाे विकास गर्न, असल व्यकतित्व निर्माण गर्ने, स्थानीय खेल क्षेत्रकाे विकास गर्ने, जगेर्ना गर्ने, स्थानीय देखि राष्ट्रिय स्तरमा युवाहरुलाई प्रतिस्पर्धी बनाइ आफ्नो पहिचान स्थापित गर्न दिगाे लक्ष्य तथा उदेश्यका साथ याे प्रतियोगिताकाे शुरुआत गरेकाे पालिका अध्यक्ष ओैमप्रकाश मण्डलले जानकारी दिनुभयो ।
करिब १५ दिन सम्म हुने उक्त प्रतियोगितामा कुल १६ वटा स्थानीय टिम सहभागी हुने छ । जसमा प्रथम हुनेलाई पुरस्कार स्वरुप नगद ४० हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गर्ने छन् । त्यस्तै दाेस्राे हुनेलाई नगद २५ हजार, कप, मेडल र प्रमाणपत्र प्रदान गर्नेछ ।
त्यस्तै उक्त खेलमा म्यान अफ द म्याच र म्यान अफ द सिरिजकाे लागि पनि मेडल, प्रमाणपत्र लगायतले पुरस्कृत गर्ने आयाेजकले जानकारी दिएका हुन ।
उक्त खेलकाे उद्धाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष रेणु कुमारी मण्डल, प्रमुख प्रशासकीय अधिकृत रमेश कुमार यादव, सवै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत स्थानीय बुद्धिजीवीहरुकाे बाक्लो उपस्थिति रहेको थियोे ।