राजविराज । जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष एवं संगठन बिभाग प्रमुख डा जयकान्त राउतले षड्यन्त्रकारीहरुको घेरावन्दीका बावजुद मिसन ०८४ को लक्ष्यमा जनमत पार्टी अगाडी बढिरहेको बताउनुभएको छ ।
जनताको आबाजवाट बुलन्द भएको जनमत पार्टी का विषयमा विरोधीहरुले भ्रम फैलाउने कार्य गरिरहेपनि जनताको साथ र प्रेमका कारण जनमत पार्टीको संगठन तिव्रताका साथ अगाडी बढीरहेको डा राउतको भनाइ छ ।
पार्टीको राष्ट्रिय सवन्मय परिषद बैठक र प्रशिक्षण कार्यक्रमलाई सप्तरीको क्षेत्र नम्बर ४ बलान विहुलमा सम्बोधन गर्नुहुदै डा राउतले भ्रष्ट प्रणालीलाई सुधार गरेर विकासको मुलप्रवाहलाई तिव्रताका साथ अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । वहाले अनुशासित र संगठित कार्यकर्ता नै संगठन शक्ती को स्रोत रहेको बताउँदै वहाले ०८४मा तिनैतहको सरकारमा जनमत पार्टीको उपस्थिती मजवुत बनाउने गरी संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वलान विहुल गाउपालिका अध्यक्ष खेमचन्द यादव , प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष अवधेशकुमार झा, प्रचार प्रसार विभाग प्रमुख उपेन्द्र साह, जिल्ला इन्चार्ज रामगमन साह, पार्टी नेतृदय पिंकी भगत र प्रियंका कुमारी सन्त लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।