२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

सप्तरीमा बस दुर्घटनामा परि २ जनाएको मृत्युु ६ जना घाइते

राजबिराज, १४ बैशाख । सप्तरी कंचनरुप नगरपालिका १० बदगामा स्थित पुर्ब पश्चिम राजमार्गमा उदयपुर बाट बिराटनगर तर्फ जादै गरेको यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना हुदाँ दुई जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएको छ ।

 

आइतबार राजमार्गमा अनियन्त्रित भई दुर्घटना भएको प्र१-०१-००१ ख ३४२० नं. को यात्रु बाहक बसमा सबार तत्काल नाम थर वतन नखुलेको १ जना पुरुष र १ जना महिला गरी दुई जनालाई बसले च्यापिएर मृत्यु भएको हाे ।

मृतकको लास  गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा पठाइएको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

दुर्घटनामा घाईते हुनेहरुमा जिल्लाकाे सप्तकोशी न.पा. १ बस्ने बर्ष  २१ को सुबेता दाहाल, बर्ष २६ को चेतना भट्टाई, उदयपुर चौडढडी नगरपालिका ५ बस्ने वर्ष ५९ की कमला भुसाल, झापा ३ बस्ने मनोज भट्टराई, मिना भट्टराई र नाम ठेगाना नखुलेका ७५ वर्षीय एक जना पुरुष रहेको र ती सबैजनाकाे अस्पतालमा उपचार भईरहेकाे काफ्लेले जानकारी दिनु भयो ।

दुर्घटना भएको यात्रुबाहक बसकाे चालक फरार रहेकाे र तिनको खाेजतलास कार्य भई रहेको साथै बस घट्ना स्थलमा बाट प्रहरी कार्यालय ल्याउने कार्य भई रहेको नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया