२०८३ साल ब‌ैशाख १८ गते शुक्रबार

सप्तरी युथले सार्वजनिक गर्याे मेलाकाे आयव्यय, लाख बढी मुनाफा

राजबिराज, १९ मंसिर । सप्तरी युथ नेपालले आयाेजना गरेकाे सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापारिक महोत्सव मेला २०८० को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ ।

मंगलबार राजबिराजमा पत्रकार सम्मेलन गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।

महोत्सवकाे कुल खर्च ३४ लाख ३३ हजार २ सय ५० रुपैया भएको देखाए पनि कुल आम्दानी भने ३५ लाख ५२ हजार ५० रुपैया भएको सप्तरी युथका कार्यवाहक अध्यक्ष माेहन कुमार यादवले जानकारी गराएका हुन । यस महाेत्सभ बाट १ लाख १८ हजार ८ सय रुपैयाँ मुनाफा भएको यादवले बताए ।

आय-व्याय जस्ताको त्यस्तै


यहि कार्तिकमा सम्पन्न गरेको मेलाकाे दाेरान केही छिटफुट घटना भएपनि पुर्णरुपले सफल रहेको र यसको लागि सहयोग पुर्‍याउने सप्तरीबासी, सुरक्षा निकाय, पत्रकार, राजनीतिक पार्टी, जनप्रतिनिधि, विभिन्न पेशा व्यवसायी तथा युवाहरूलाई धन्यवाद ज्ञापन समेत गरे ।

प्रतिक्रिया