कृष्ण मण्डल
राजबिराज , ४ चैत । झण्डै तीन दशक पछि त्रिदिवसीय सतसंघ, कबिर कुम्भ एवं विशाल भण्डारा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ७ इटहरीमा आयोजना भएको छ ।
नेपाल भारत लगायत विश्व शान्ति, सनातन, संस्कृतिकाे संरक्षण, सन्तमत जन्मदाता, समाजवाद, साम्यवादकाे स्थापक, रूढीवाद, अन्ध परम्परा, विराेधीएवं जातिय कटुताकाे अन्त, समप्रदायिक, संकुचित मांशिकताबाट ग्रसित समाजलाई निर्मुल पार्ने, अमानवीय कार्यमा सुधार, धार्मिक समाजिक रुपमा समतामूलक समाजको स्थापना हेतु यस त्रिदिवसीय सतसंघ, कबिर कुम्भ एवं विशाल भण्डाराकाे आयोजना गरिएको आयाेजक समितिका महन्थ रामानन्दले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय सदगुरु कबिर महाज्ञान यज्ञ "कबिर कुम्भ" २९ वर्ष अघि बि.स. २०५२ सालमा भएको थियो त्यस पश्चात् यसवर्ष आयोजना गरन सफल भएको आयोजक समितिले जानकारी दिनुभयो ।
यस कबिर कुम्भ तथा भण्डारमा नेपाल भारतबाट हजारौंको संख्यामा संत महन्थहरुकाे सहभागीता रहेकाे छ भने नेपाल सहित भारतका करिब ८४ बढी गाउँवासीहरुकाे साथ, सहयोग र सहभागीता रहेको आयाेजक समितिले जानकारी दिनुभयो ।
भण्डारामा करिब एक सय २० क्विन्टल चावल (३ सय मन) खपत हुने, साथै साेही अनुरुप दाल, तरकारी, दही, चिनी, चुरा, भुजा, छाेलातरकारी लगायत अनुमानित करिब ५५ लाख बढी खर्च हुने महन्थ रामानन्दले जानकारी दिनुभयो ।
संत ज्ञान सम्मेलनकाे आज दाेस्राे दिन साेमबार विहानै देखि चिया, नास्ता, दुई छाक खाना सहित बास स्थानकाे राम्रो व्यवस्थापन मिलाइएको छ । साथै दिनमा सतसंघ भजन र रातिकालिन कबिर लिला लगायतका कार्यक्रमहरुकाे आयोजना गरिएको आयोजक समितिले जानकारी दिनुभयो ।
सदगुरु कबिर ज्ञान प्रचार संघ रजी ३७७ अन्तर्गत ब्रहमलीन महन्थ धनिक साहेब एवं साधवी सन्झा माय साहेबकाे पुन्य स्मृति तथा महन्थ याेगेन्द्र साहेव तथा उपेन्द्र साहेब एवं इटहरी ग्रामीण तथा समष्त जगदर देहातीगणकाे आयोजनामा उक्त सत ज्ञन, सतसंघ, कुम्भ तथा भण्डारा इटहरी गाउँमा रहेको कबिर आश्रम नजिक करिब १५ विगहा जग्गामा सुव्यवस्थीत तरिकाले आयोजना गरिएको छ ।