२०८२ साल मङ्सिर २४ गते मङ्गलबार

जेनजी आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता गर्ने सप्तरी प्रशासन ७ दिने अल्टिमेटम

राजबिराज, २७ भदौ । सप्तरी प्रशासनले जेनजी आन्दोलनका क्रममा लुटिएका सामान ७ दिनभित्र फिर्ता गर्न अनुरोध छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय, सप्तरीले एक सूचना जारी गर्दै चोरी गरिएका र लुटिएका सरकारी कार्यालयका सामान ७ दिनभित्र फिर्ता गर्न भनेको हो ।

गत भदौ २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलन/प्रदर्शनको क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा कार्यालयहरुमा तोडफोड, आगजनी जस्ता अपराधिक गतिविधिहरु भएको र सोहि अवसर पारी केहि ब्यक्तिहरुले कार्यालयका जिन्सी समान, नगद रकम लगायतका सार्वजनिक सम्पति लुटपाट र चोरी गरी घरसम्म लागेका प्रमाणहरु सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य संचार मध्यममा समेत स्पष्ट देखिएको सूचनामा भनिएको छ ।

लुटिएको सम्पति तुरुन्तै यस जिल्ला प्रशासन कार्यालयममा सात दिन भित्र बुझाउन अनुरोध कार्यालयले गरेको छ । साथै निर्देशन अवज्ञा गरि लगिएको सम्पति फिर्ता नगरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया