राजविराज, १० असाेज । सप्तरीको छिन्नमस्ता र विष्णुपुर गाउँपालिकाकाे सिमानामा अवस्थित श्री जनता माध्यमिक विद्यालय ईटहरी विष्णुपुर , हाट्टीकाे विद्यार्थीहरुले “साथी मिलन समारोह” कार्यक्रम तयारीका लागि पहिलोपटक ऐतिहासिक बैठक सम्पन्न भएको छ ।
शुक्रबार बसेको बैठकले SLC/SEE पास ब्याच २०५४ देखि २०८१ सम्मका २८ वटा ब्याचका साथीहरुको सहभागितामा मिति २०८२ असोज १८ गते शनिबार बिहान ११:०० बजेदेखि मिलन समारोह आयोजना गर्ने निर्णय गरेको हो ।
कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न समिति गठन गरिएको छ ।
सल्लाहकार समितिमा अशोक कुमार साह, प्रमोद कुमार मण्डल, रबिन्द्र कुमार मण्डल (मंजय), बिरेन्द्र प्रसाद मण्डल र गजेन्द्र प्रसाद साह चयन भएका छन् ।
कार्यक्रम संचालन समितिमा श्रवण कुमार माली, महेश्वर प्रसाद साह, इ. संजिव नारायण यादव, कृष्ण कुमार मण्डल र उदयनाथ मण्डल रहेका छन् ।
आर्थिक समितिमा सुर्य नारायण मुखिया, महेश्वर प्रसाद साह, इ. रंगलाल मण्डल, उदयनाथ मण्डल र बिध्यांनद यादव (अनिल) छन् ।
व्यवस्थापन समिति (A)मा कृष्ण कुमार मण्डल, पारस कुमार रजक, अनिल कुमार साह, सुरज साह र जोगेन्द्र कुमार मुखिया रहेका छन् भने व्यवस्थापन समिति (B) मा बिरेन्द्र प्रसाद मण्डल, बेचन कुमार यादव, मो. मुखतार, सनोज कुमार मण्डल, रंजित कुमार यादव, अरविन्द शर्मा र गंगा प्रसाद साह रहेका छन् ।
त्यस्तै, प्रचार–प्रसार समितिमा कृष्ण कुमार मण्डल, शुभ नारायण यादव, रामनाथ राम, पार्वती साह, बिकाश कुमार मण्डल, ओम प्रकाश साह र रामसेवक प्रसाद साह (लालु) रहेका छन् ।
बैठकले सम्पूर्ण ब्याचका साथीहरुको ऐक्यबद्धता र सक्रिय सहयोगमा मिलन समारोहलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।