२०८२ साल असार २८ गते शनिवार

सप्तरीका एक लधुवित्तय संस्थाले किस्ता नतिरेको भन्दै ऋिणीको घरमा आगो लगायो

राजबिराज, १५ बैशाख ।

सप्तरीको कदमाहामा सञ्चालित रहेको मेरो माइक्रो फाइनान्स लघुवित्त बैंकका कर्मचारीहरुले ऋिणीको घरमा आगो लगाएको छ ।

जिल्लाको सुरुङ्ग नगरपालिका वडा नम्वर ३ लक्ष्मीपुर बस्ने शनिलाल महतो कुशवाहाको बुहारी सरस्वती सिंहको घरमा बैशाख ५ गते बिहान १० बजेर ३० मिनेटमा उक्त संस्थाका कर्मचारीहरुले आगो लगाइदिएको पिडित पक्षले मधेश मिररलाई बताएका हुन ।

समायमा उक्त संस्थाको ऋिण तिणर् नसक्दा सरस्वतीकी ९२ वर्षीय हजुर सासुआमा लालो देवी महतोलाई गाली गलोज गरी उनको २ थान भैसी खोलेर लग्ने क्रममा २/३ जना महिलले बिडि (चुरोट) सल्काई आफनौ घरमा आगो लगाएको आरोप लगएका हुन । 

उक्त आगलागी बाट करिब २४ लाख ३६ हजार बारबरको आफनो धनमाल नष्ट भएको सिंहले बताउदै सो संस्था बाट क्षतिपुर्तीको उपलब्ध गारई दिन प्रहरी दिएको उजुरी र वडाको सिफारिस समेत देखाउदै यस्तौ कुरा भनेका हुन ।

त्यसै गरी लघुवित्तयका शाखा प्रवन्धक महादेब चौधरीका अनुसार हामीले आगो नलगाएको तर भैसी चाहिँ ल्याएकै हो जुन अहिले सम्म भैसी हामी संगे रहेको स्वीकार गरे ।

०७८ असार ३ गते ५० हजार र ०७८ असोज ६ गते २ लाख गरी दुई पटक ऋिण लिएका सरस्वती ले २ लाखको १२ हजार ५ सयका दरले ५ वटा किस्ता र ६ हाजरका दरले  ५० हजारको ९ वटा किस्ता समेत बुझाई सकेको छ प्रबन्धक चौधरीले बताएका हुन ।

प्रतिक्रिया