२०८१ साल माघ २७ गते अाईतबार

लाेक सेवा आयोले भारी संख्यामा शाखा अधिकृत माग्याे

राजबिराज, २८ मंसिर । लोक सेवा आयोगले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

संघीय सरकारी सेवा तर्फ शाखा अधिकृत तहका अप्राविधिक पदहरूका लागि आयोगले बुधबार दरखास्त आह्वान गरेको हो ।

देश भरिमा रिक्त भएका न्याय, प्रशासन, परराष्ट, लेखा, लेखापरीक्षण, राज्श्व, संघीय संसद तथा मानवअधिकार अधिकृत लगायतका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

योग्यता पुगेका उमेदवारहरूले पुस १९ गते सम्म सिंगल र २६ गतेसम्म दाेब्बर दस्तुर तिरि आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया